|
|
२०८२ मंसिर ७
13.6k views
ललितपुर । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । साताको पहिलो दिन (आइतबा) छापावाला सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४४ हहजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँका दरले बढेको छ । जसअनुसार आइतबार चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँ कायम थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया