सुनको मूल्य एकैदिनमा १५ सयले बढ्यो, प्रतितोला ८० हजार ३ सय

काठमाडौँ १२ फागुन-नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन  सोमबार भने १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया