सुनको मूल्य तीन दिनमा १२ सयको गिरावट

  काठमाडौं  १४ जेठ ।
शुक्रबार सुनको मूल्य घटेको छ। ५५ हजार रुपैयाँप्रति तोला बिहिबार  कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले घटेर ५४ हजार ४ सय रुपियाँमा कारोबार भईरहेको छ। हिजो सुन तोलामा १ सयले घटेको थियो भने त्यस अघि तोलामा ७ सयले घटेको थियो । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी संघले आज शुक्रबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ४ सय २५ रुपैयाँ कायम गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया