२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्य तोलाको २ लाख ४० हजार नजिक, बजारमा देखिन थाल्यो अभाव

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २३
|
6.8k views

ललितपुर। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनदिन नयाँ रेकर्ड बनाइरहेको छ । आज पनि सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी पछिल्लो समय चाँदीको मूल्य पनि बढिरहेको छ । आज चाँदीको मूल्य तोलाको ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य यसरी बढिरहँदा माग पनि त्यतिकै मात्रामा बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यतिबेला बजारमा सुनको अभाव देखिन थालेको छ । माग बढ्नु अनि सुन आयातमा निश्चित कोटा निर्धारण गरिनुले पनि यतिबेला बजारमा अभाव देखिएको सुन व्यवसायीहरु बताउँछन् ।

हाल दैनिक २० किलोभन्दा बढी सुन आयात गर्न नपाइने नियम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया