सुनको मूल्य फेरी बढ्यो

काठमाडौँ १३ असार

आज सोमबार सुनको मूल्य फेरी बढेको  छ । आइतबार प्रति तोला ५८   हजार ५   सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज सोमबार  २  सयले बढेर प्रति तोला ५८ हजार ७ सयमा कारोबार भइरहेको छ।  तेजावी सुन भने प्रति तोला ५८  हजार ४   सय  ५० रुपैयाँमा कारोबार भइरहेको छ।  चांदी भने प्रति तोला ८ सय १५ रुपियाँ आज कारोबार भइरहेको छ ।

नेपाल सुनचांदी व्यवसायी संघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५०  हजार ३  सय २५  रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५०   हजार १  सय १०  रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ९९  रुपियाँ  कायम गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया