|
|
२०८२ मंसिर १५
21.6k views
ललितपुर । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँका दरले बढेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँ रहेको छ । आइतबार भने चाँदी ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया