|
|
२०८२ पुष २९
25.7k views
ललितपुर । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मंगलबार छापावाला सुनमा प्रतितोला १ हजार ८०० रुपैयाँले मूल्य बढेको छ भने चाँदीमा पनि प्रतितोला १ सय ४५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम गरिएको छ । सोमबार भने छापावाला सुन प्रतितोला २ लाख ७४ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम गरिएको छ । सोमबार भने चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा खरिदविक्री भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया