२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
25.2k views

ललितपुर । गत भदौ महिनादेखि लगातार तीव्रगतिमा उकालो लागिरहेको सुनचाँदीको मूल्यले एक सातादेखि नयाँ रेकर्ड बनाउँदै आएको छ । आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले मंगलबारको मूल्यलाई पछाडि पार्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाला सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीमा प्रतितोला ३६५ रुपैयाँ वृद्धि भएको छ । जसअनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर नयाँ कीर्तिमान राख्न सफल भएको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार भने चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँ कायम गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया