२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्य बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३
|
14.9k views

ललितपुर । पाली बजारमा पछिल्लो समय सबैको चासोको विषय बनेको सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । आज विहीबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया