सुनमा यसरी हुँदैछ कालाेबजारी

काठमाडौं १० कार्तिक ।
तिहार र विहेकाे सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाडबाडकै अवसरमा सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको हो । सामान्य अवस्थामा सुनकाे दैनिक माग १५ किलो हो ।

तर हाल माग २५ किलो नाघेको व्यवसायहीहरु बताउँछन् । माग ह्वात्तै बढेपछि केही व्यवसायीहरूले ताेलामा थप ५ सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार सुरु हुन तीन चार दिन मात्रै बाँकी रहेकाले गहना खरिद गर्न आउने ग्राहकको संख्या निकै बढेको छ । जसले गर्दा दैनिक माग २५ किलाे नाघेको छ महासंघको पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने उपभोक्ताको माग अनुसार उपलब्ध गराउन नसक्दा कालोबजारी बढ्दै गयो । केही व्यवसायीले तोलामै ५ सय रुपैयाँ बढीमा बिक्री गरेका छन् । व्यवसायीका अनुसार बजारमा गहनाभन्दा टुक्रा सुनको माग बढी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया