सुनसरीमा एनआइसी बैंकको नयाँ शाखा, शाखा संख्या पुग्यो १०८

बिजनेसपाटी १२ असार ।
सुनसरीको दुहवीमा एनआईसी एशिया बैंकले नयाँ शाखा स्थापना गरेको छ । यो बैंकको १ सय ८औं शाखा हो। आइतबारदेखि बैंकले १ सय ८ औं शाखा सञ्चालनमा ल्याएको हो । शाखाको दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी र दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा उद्धघाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । शाखा संजाल,पूँजी संरचना,वासलातको आधार र ग्राहक संख्याको आधारमा यो बैंक निजी क्षेत्रको अग्रणी बैंक भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया