सुनसरीमा सम्बन्धविच्छेदको डरलाग्दो अवस्था

काठमाडौं ७ माघ ।
सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालतमा दैनिक चारदेखि सात वटासम्म सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको तथ्यांक छ । अदालतको डायरी फाँटका नायब सुब्बा नबीन कोइरालाका अनुसार अघिल्लाे वर्ष ७४ वटा मुद्दा दर्ता भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो तथ्यांक महिलाले अदालतमा दर्ता गराएका मुद्दाहरुको मात्रै हो । प्रहरीमा पुरुषहरुले पनि उत्तिकै सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेका छन् ।

कोइरालाका अनुसार सम्बन्धविच्छेदको मूल कारण वैदेशिक रोजगारी हो । सँगै एक्लोपना र सामाजिक सञ्जालका कारण पनि सम्बन्धविच्छेदको घटना बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया