सुनिता गुरुङको ‘पानी सरी झल्कियो मेरो जवानी’ (भिडियो सहित)

काठमाण्डौ २४ असार
पछिल्लो समय चर्चा बटुल्दै गरेकी लोकगायिका सुनिता गुरुङको नयाँ लोकगीत ‘पानी सरी झल्कियो मेरो जवानी’ युटुबमार्फत सार्वजनिक भएको छ । निर्भाना कला केन्द्रले बजारमा ल्याएको यस गीत गायक रामचन्द्र काफ्ले र सुनिता गुरुङको संयुक्त आवाजमा सजिएको छ । प्रेम भावलाई अत्यन्त मार्मिक शैलीमा उज्जागर गरिएको यस गीतले लोकगीतका पारखीहरुलाई वेग्लै आनन्द दिने बताइएको छ । सुनिताको यस अघि ‘रमाइलो पोखरा’ बोलको गीत चर्चामा थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया