सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं ३ पुस , २०७९-आइतबार नेपाली बजारमा bसुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा चार सय रुपैयाँ घटेर एक लाख रुपैयाँभन्दा तल झरेको थियो। आज फेरि सुन तोलामा एक लाख रुपैयाँ माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया