सुन–चाँदीको मूल्य यथावत

काठमाडौं १८ फागुन, २०८१ । केही दिनदेखि घटेको सुनको मूल्य आज यथावत छ । आज सुन र चाँदी गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन मूल्यमा यही नै थियो ।

चाँदीको मूल्यमा पनि आज स्थिरता रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ जुन शुक्रबारकै मूल्य हो। बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया