२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुन तोलामा २ लाख ७० हजारको नजिक, चाँदीले पनि बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ११
|
9.4k views

ललितपुर । आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १ सय ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ । विहीबार भने २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार आज चाँदीको मूल्य ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ । विहीबार भने चाँदी ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया