सुन बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधनको तयारीमा

काठमाडौं, चैत्र ३, २०८१ । नेपाल राष्ट्र बैंक सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधनका लागि तयारीमा जुटेको छ । राष्ट्र बैंकले कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार नै सुनको आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्ने भएको हो ।
कार्यदलले कार्यविधि संशोधनको मस्यौदा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पेस गरिसकेको समेत जनाएको छ । हाल कार्यान्वयनमा रहेको कार्यविधि २०६८ सालमा बनाइएको हो। २०६८ पछि यो कार्यविधिमा कुनै पनि शंसोधन भएको छैन ।
व्यवसायी तथा लगानीकर्ताहरुले अहिलेसम्म सुनचाँदी व्यवसायी संघ र महासंघको सिफारिसमा पालो कुरेर बैंकसँग सुन किन्दै आएकामा कार्यविधिमा संशोधनपछि कर तिरेको आधारमा विक्री वितरण गर्न पाउनेछन्। कर तिरेकै आधारमा व्यापारीलाई सुनको कोटा तोक्ने काम अबका दिनमा बैंकर्स संघले गर्नेछ बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया