
ललितपुर । रास्वपा परित्याग गरेकी पूर्व शिक्षामन्त्री एबंम पूर्व सांसद सुमना श्रेष्ठ वर्तमान सरकारमा कुनै न कुनै भूमिकामा रहने लगभग निश्चित रहेको श्रोतले बताएको छ । श्रेष्ठले आफू वर्तमान सरकारमा नजाने भिडियो सन्देश मार्फत बताए पनि उनी प्रधानमन्त्री सुशीला कार्कीको कुनै सल्लाहकार / सहयोगी भूमिकामा रहने उक्त श्रोतले बिजनेस पाटीलाई जानकारी दिएको छ ।
सुमना कार्कीको शपथ ग्रहणका बेला पनि शुभकामना दिन शीतल निवास पुगेकी थिइन् । उनले पार्टी परित्याग गर्न लागेको सङ्केत भने पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।
श्रेष्ठले आफूले पार्टी छोड्नुको कारण भने यस्तो बताएकी थिइन् कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।
अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । QUIT मैले पार्टी छोडेँ ।
काँग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईँहरूको भन्दा बढी तपाईँहरूको नेतृत्वको ब्यहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ रु अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
आगामी निर्वाचनमा रास्वपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबिच एकीकरण वा सहकार्य गर्ने तयारी भइरहेकोले त्यस प्रकारको वातावरण मिलाउन पनि उनले पार्टी परित्याग गरेको विश्वस्त श्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया