सुमार्गीले भने-“कानून बमोजिम वैदेशिक ऋण भित्राएँ “

काठमाडौँ, १ माघ

मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गर्नुभएको छ ।
यहाँ आज पत्रकार सम्मेलन गरी उहाँले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताउनुभयो ।

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको आरोप लगाउनुभयो । (रासस)
–––

फेसबुकबाट तपाईको प्रतिक्रिया