सूर्यज्योतिलाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा भट्टराई नियूक्त

काठमाण्डौं ११पुष २०७९-सुर्या लाइफइन्स्योरेन्स कम्पनी लि. तथा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति २०७९।०७।२८ गते सम्पन्न बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल बीमाप्राधिकरण, नेपालधितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भए बमोजिम सूर्य ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम मा मिति २०७९÷०८÷२७ मा कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोवार गर्ने स्विकृति प्राप्त भए पश्चात ्मिति २०७९÷०९÷०७ गते देखि सूर्यज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ ।


यसै सन्दर्भमा सूर्यज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको मिति २०७९÷०९÷०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्यालाइफइन्स्योरेन्स कम्पनी लि. को संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई कम्पनीको अध्यक्षपदमा चयन गर्ने सर्वसम्मत निर्णय भई सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तत्पश्चात् सोही दिन अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालक नन्दकिशोर शर्मा , हेमन्त नाहटा , विवेक झा, जयन्तकुमार अग्रवाल एवं प्रियातायललार्इ पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया