सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

कठमाण्डौ २१ पौष २०७९ ।

ISO 9001:2015 द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरि बिभुषित गरेको छ । उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढगर्दै बीमीतहरुलाई सेवा सुविधामाथप सवल र सहज पार्दे जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताउनु भयो ।
साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवाप्रदानगर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समय सापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परीस्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया