सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं०५ माघ २०७७ ।
सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।
उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम १० करोड ७७ लाख ५६ हजार ९ सय बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम ११ करोड ९० लाख ९९ हजार ७११ नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम २२ करोड ६८ लाख ५६ हजार ६११ लाभांश पारित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया