सूर्योदय लघुवित्तको एक लाख २० हजार कित्ता आइपिओ खुला

काठमाडौँ ३१ श्रावण

स्यांजा जिल्लाको पुतलीबजारमा कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो  भदौ १२ गतेबाट सर्बसधरंको लागि साधारण शेयर जारी गर्ने भएको छ । सूर्योदयले १ सय रुपैयाँ अंकित १ करोड २० लाख रुपैयाँ बराबरको १  लाख २० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

 

निष्कासन गर्न लागेको कुल शेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । एक लाख ९ हजार २ सय कित्ता मात्रै शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

ईच्छुक लगनाीकर्ताले कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्ताका लागि आवेदन दिन सक्छन् । भदौ १२ गतेबाट छिटोमा भदौ १५ र ढिलोमा २६ गतेसम्मशेयर आवेदन  दिन सकिने कम्पनीले जनाएको छ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा  ग्लोबल आइएमइ क्यापिटल रहेको  छ । साधारण शेयरमा कम्पनीको ग्लोबल आइएमई क्यापिटल, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र रानीकुवा, मल्लाज, लमजुङ् र पर्वत शखा, ग्लोबल आइएमई बैंकको उपत्यकाका कान्तिपथ, सुकेधारा, पुल्चोक,नखु,सूर्यविनायक, सिनामंगल, र बनस्थलि शाखाबाट आवेदन दिन सकिनेछ ।

उपत्यका बाहिर पोखराको न्यूरोड,नेपालगंज, हेटौडा, विराटनगर, विर्तामोड र ज्योति विकास बैंकका केही शखाहरुबाट आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।  कम्पनीको हालको चुक्ता पूँजी २ करोड ८० लाख रुपैयाँ रहेकोमा आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।कम्पनीले २४ शाखामार्फत विभिन्न १०  जिल्लामा सेवा दिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया