‘सेक्सटोय’ बोकेर अमेरिकी छात्रा प्रदर्शनमा उत्रिएपछि…

बिजनेसपाटी ११ भदौ
अमेरिकाको टेक्सास युनिभर्सिटीका करिब ४ हजार ५ सय छात्रा यौन खेलौना (सेक्सटोय)  बोकेर प्रदर्शन गरेका छन्।
 बिबिसीका अनुसार क्याम्पसमा बन्दुक राख्न पाउने नयाँ कानुनका विरुद्ध सेक्सटोय बोकेर प्रदर्शनमा उत्रिएका हुन्।
टेक्सासमा अगस्ट १ देखि क्याम्पसमा बन्दुक राख्न पाउने नयाँ कानुन लागु भएको छ। तर, क्याम्पसमा सेक्सटोय राख्न भने कानुनले निषेध गरेको छ।
अमेरिकामा सन् २०१५मा क्याम्पस तथा स्कुलमा ६४ गोली काण्ड भएको थियो। जबकी सन् २०१३मा १९० घटना भएका थिए। यस्ता घटनामा थुप्रै विद्यार्थीको मृत्यु हुने गरेको छ।
अभियान सुरु गर्ने छात्रामध्ये एक जेसिका जिन अमेरिकी नागरिकमा बन्दुक संस्कृति हावी भएको बताउँछिन्। गोली काण्डका त्रासद र दुःखद घटना अमेरिकीहरु हप्ताभरमा बिर्सने गरेको उनको भनाई छ।
र्‍यालीमा सहभागी भएकी उनले भनिन्, ‘हामी यो कुरा मानिसहरुले गम्भिरतापूर्वक सोचुन् भन्ने चाहन्छौं, कुनै हिंसा नगर्ने सेक्सटोय राख्नु गैराकानुनी हुन्छ भने क्याम्पसभित्र बन्दुक राख्नु कसरी उचित हुन्छ?’
यहि प्रश्नसहित उनले यो अभियान सुरु गरेकी थिइन्। तर, यति छिटो यो अभियानले लोकप्रियता पाउला भन्ने आफूले कल्पनासमेत नगरेको उनको भनाई छ। उनले भनिन्, ‘यो र्‍यालीमा सहभागी ४५०० छात्राले सेक्सटोय राख्छन् भन्ने होइन। तर, यो कानुनमा पुनर्विचार गरिनेछ भन्ने मेरो विश्वास छ।’
                                         बिबिसीको सहयोगमा


फेसबुकबाट तपाईको प्रतिक्रिया