सेञ्चुरी बैंकको सेयरधनीलाई १० प्रतिसत बोनस र ४० प्रतिसत हकप्रद
बिजनेसपाटी २ बैशाख
आफ्ना सेयर धनीलाई सेञ्चुरी कमर्सियल बैंककोे छैठौ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । चुक्ता पूँजीलाई आधार मानेर ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव बैंकले पारित गरेको हो । बैंककोे छैठौ वार्षिक साधारणसभाले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति प्रदान गरेको छ ।
यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूँजी र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैैयाँ पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया