सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

कठमाण्डौ २२ मंसिर २०७७ ।
सेञ्चुरी कमर्सियल बैंकले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट Century pay Mobile apps बाट QR Scan गरी नगद झिक्न-निकाल्न सकिने छ ।
बैंकले ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुने बैकले जनाएको छ । निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गरिने जनाएको छ ।
यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने  बैकले जनाएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया