सेञ्चुरी बैंकले बोनस र नगद लाभांस घोषणा गर्यो
बिजनेसपाटी १९ माघ
सेयरधनीलाई सेञ्चुरी कर्मसियल बैंकले गतबर्षको कमाईबाट १० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले केही समय अघि बिक्री गरेको हकप्रद, अल्पाईन डेभलपमेन्ट र सेति फाइनान्स गाभेपछि कायम चुक्तापूँजको पाँच प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि बैंकले प्रस्ताव गरेको सो लाभांस लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल ७ अर्ब ६७ करोड चुक्तापूँजी रहेको बैंकको बोनस वितरण पश्चात ८ अर्ब पाँच करोड नाघ्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया