सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’,अन्य खातामा भन्दा १ प्रतिशत बढि ब्याज

काठमाडौं २७ भदौ २०७८ ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’को शुभारम्भ गरेको छ । रु. १,०००न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने बैकले बताएको छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुतmानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनैपनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘‘सेञ्चुरी रेमिट प्रिमियम खाता’’ खोल्ने सुबिधा लिन सक्ने बैकले जनाएको छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया