सेनाको अधिकृत नायिकाको स्वागतमा जानू उचित?

असोक केसि, हाल मलेशिया

जेष्ठ ३

नेपाली सेना र सरकारबीच अहिले भारतिय कलकारको स्वागतमा पोसाक सहित गएको बिसयमा चर्को बिबाद रहेको छ । नेपाली सेना रक्षा मन्त्रालय माताहतमा रहने रास्ट्रीय  सुरक्षा निकाय हो,जुन रास्ट्रको गम्भीर परिस्थितीमा देशको सुराक्षार्थ खटिने सस्था हो। नेपाली सेनाको आफ्नै चेन अफ कमान्ड हुन्छ जहाँ चेन अफ कमान्ड अनुसार चल्छ। यहाँ नीति नियम लाई कडाइको साथ पालाना गरिन्छ। नेपाली सेनाको ईतिहासमा एउटा छुट्टै छवि बनेको छ ।  जस्को कारण नेपाली सेनाले विभिन्न देशको सुरक्षार्थ खटिने गर्दछ। नेपाली सेनाले देश भित्र अहम परिस्थितीमा जनता को उद्दार देखि थुप्रै कुराहरुमा नेपाल जनतालाई सहयोग पुर्याउदै आएको छ। पछिल्लो समय सेना विभिन्न कारण बिबादमा मुछिदै आउने गरेको छ। हालै सेनाको श्रीमति संघले भुकम्प पिडित राहतको निम्ति आयोजना गरेको कन्सर्टमा भारतिय कलकार ल्याएको बिसयलाई लिएर बिबादमा छ। सेनाको आफ्नै परिभाषा छ  । आफ्नै  नीति नियम छन ।  जुन सेनाले पालाना गर्नु पर्छ। सेना नेपाल सरकारको रक्षा मन्त्रालय माताहतमा रहन्छ।सेना सरकारी नीति नियम भन्दा बाहिर रहेक काम गर्न सक्दैन तर सेनाले बर्दी र नेपाली सेनाको खिल्ली उडाउदै मनोमर्जी गर्दै भारतिय कलाकारको स्वागतको निम्ति जर्नेल जस्तो सम्मानित पदमा रहेका ब्यती पोसाक र काधको दर्जानी चिन्ह सहित एअरपोर्टको विशिष्ट कक्षमा पुगे।के सेनाको जर्नेल सरकारी अनुमती बिना एक कलकारको निम्ति जानू उचित थियो पोसाक सहित ?कि जर्नेल सापले सरकारको खिल्ली उडाएका हुन? आफ्नै सस्था भित्र एउटा तल्लो दर्जाको कर्मचारीलाई चेन अफ कमान्ड सिकाउने जर्सापहरु उनिहरु लाई चाहिँ नितिनियम हुन्न र कि जसो गर्दा नि हुन्छ भन्ने भ्रम हो। सेना राजनीतिक  बिसयमा मुछिन नितान्त राम्रो कुरा होइन। सेना गैर राजनीतिक सस्था हो। उत्त कन्सर्ट सेनाको श्रीमति संघले गरेको हो । जहाँ श्रीमती संघका अध्यक्ष या अन्य कर्मचार या जर्सापहरु सादा पोसाकमा जानू पर्ने थियो। सायद जर्सापहरुलाई नीति नियम राम्रैसग थाह हुन पर्ने। अहिले सेनाले सरकारको निर्देशनलाई ठाडो इन्कार गरिरहेको छ । र आफ्नो बचाउ गर्दै नेपाल र भारतको सम्बन्ध बिग्रेको लाई उत्त कार्यक्रमले सुधार गर्ने छ भन्ने बक्तब्य दिएको छ। एउटा कलकार स्टेजमा ल्याएर नचाउदैमा सेनाले कसरी सम्बन्ध सुधारको भुमिका निर्बाह गर्यो यो हास्यास्पद कुरा आम नेपालीले नपत्याउने कुरा। यदि सेनाले स्वाभिमानको कुरा गर्थ्यो भने नेपाली कलकार को प्रोत्साहन गर्न सक्थ्यो। नेपाली कलकार चाहिँ कलकार होइनन?? सम्मानित सस्था श्रीमती संघ नेपाल आर्मी किन त बिदेशी कलाकार मोह?? भुकम्प पिडित को निम्ति रातहको लागि गरिनु कार्यक्रम प्रशम्सायोग्य छ तर सेनाले उत्त नीति र नियम भित्र रहेक निभाउनु पर्ने जिम्मेवार निभाउन सकेन र बर्दी को अपमान गर्यो। सेनाले रक्षा मन्त्रालयलाई स्पस्टिकरण दिन जरुरी छ । जुन कि उत्त कार्यक्रम नितान्त श्रीमती संघमा निहित छ यदि सरकार द्वारा आयोजित कार्यक्रम थियो र सरकारको निर्देशन थियो भने सेनाका अपिसर सुरक्षार्थ जानू जायज थियो ।अन्य देश को या स्वदेशी कलकारको सुरक्षाको जिम्मा नेपाल प्रहरीले गर्छ। भारतिय कलकार कुनै विशिष्ट ब्यती होइन उनिहरु मात्र कलकार हुन कुनै पदधारी होइनन र सेनाको मर्जी मा सरकारी निर्देशन अवज्ञा गर्दै भिआइपी कक्षमा पुग्न अनुमती छैन। सेनाले आफ्नो मर्यादामा रहने हो भने सरकारलाई स्पष्टीकरण दिनु पर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया