सेनाको जागिर छाडेर मौरीपालन

काठमाडौं २१ कात्तिक ।
घरको बरान्डामा मौरीको घारले छपक्कै ढाकिएको छ । सडकबाट झलक्क हेर्दा सजाववटका लागि रोखे जस्तो देखिने धादिङवेसीको यो घरमा नारायण घिमिरेले जागिर नै छाडेर व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
उनले वर्षाैं अघिदेखि सदरमुकाम धादिङवेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन् । नेपाली सेनामा जागिर खाएका घिमिरेले सेनाको जागिरबाट बिदा लिएर घरमै मौरीपालन गरेका हुन् । घिमिरेको मुख्य आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको अाजको अन्नपूर्णमा समाचार छ ।
उनले तीन तले पक्की घरको छतमा र बरन्डामा मौरीका घार रोखका छन् । नौ वर्षयता उनले मौरीपालनलाई यसरी मुख्य पेसा बनाउँदै आएका छन् ।
घिमिरे हाल एक सय आधुनिक घार छन् । मानाको पाा सय रुपैयाँ लिएर उनले घरबाटै मह बिक्री गर्ने गरेका छन् । वार्षिक ४ लाख रुपैयाँ बराबरको मह विक्री हुने गरेको घिमिरेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया