सेनाले आफ्नै सहकर्मीमाथि आक्रमण गर्दा…

मनिला १९,जेष्ठ
फिलिपिन्सको मरावीमा इस्लामिक स्टेटस् (आईएस) आबद्ध माउते लडाकुलाई लक्षित गरी भएको एक हवाई आक्रमणमा ११ सैनिककै मृत्यु भएको छ । घटनामा परी अन्य ७ जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

सहायक रथी रेस्टिटुटो पाडिल्लाले बुधबार मध्याह्नतिर रकेट बम प्रहार भएको बताए । ‘यो एउटा फ्रेन्डली फायर हो, आफ्ना सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो,’ उनले पत्रकार सम्मेलनमा भने । रक्षा सचिव डेल्फिन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथि आक्रमण भएको बताए । उनले कसरी यस्तो घटना भयो भन्नेबारे अहिलेसम्म पनि यकिन हुन नसकेको जानकारी दिए । उनले घटनाबारे अनुसन्धान सुरु गरिसकिएको जानकारी दिँदै मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्न ठूलो संख्यामा सैनिक पठाइएको बताए ।

सिन्हवा

फेसबुकबाट तपाईको प्रतिक्रिया