सेन्ट्रल फाइनान्सको हकप्रद शेयर आजबाट

काठमाडौं २३ पुस।

आज आइतवार देखि माघ २८ गतेसम्म सेन्ट्रल फाइनान्स लिमिटेडको २ बराबर १ (२ः१) अनुपातमा हकप्रद शेयर निष्कासन हुने भएको छ । कम्पनीले शेयरधनीका लागि प्रति शेयर १ सय अङ्कित दरको २६ लाख ३ हजार ३ सय १४ दशमलव शून्य ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको पुस ३ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आश्वा सेवामा सहभागी संस्थाबाट आवेदन दिन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया