सेन्सरबोर्डले रोकिदियो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन

काठमाडौं ७ फागुन २०८१ । पर्सी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो ।


सेन्सर रोकिएसँगै आजलाई चलचित्रको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्वीकार गरिएको । चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई तीन मिनेटमा घटाउन निर्देशन दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया