सेयरबजार बजारमा आज पौने ३ अर्बको कारोबार

काठमाडौं ११ श्रावण ।

आज मंगलबार सेयर बजारमा २ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।   आज बजारमा कुल १४३ कम्पनीका  ५८ लाख ८८ हजार ७११ कित्ता सेयर किनबेच भएको हो । कारोबार समय तीनबाट चार घन्टा पुर्‍याएपछि र ब्रोकर कमिसन ४० प्रतिशतले घटाएपछि सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका हुन् । वित्तीय क्षेत्रमा उच्च नाफाको विवरण सार्वजनिक हुन थालेपछि  लगानीकर्ता तानिएका हुन् ।

बजार आज २८ अंकले बढेर १८६६.५० अंकमा पुगेको छ ।   उत्पादनमूलक क्षेत्रक ६४ अंकले ओर्लिए पनि बाँकी सबै सुचक उक्लिएका छन् । अन्य सुचक एक अंकभन्दा कमको बृद्धिमा छ । बाँकी सबै दोहोरो अंकले वढेका छन् ।  मंगलबार बिकास बैंकको यो सुचक ७४ अंकले उक्लिएको छ । फाइनान्स २२ अंकले बढेको छ । वाणिज्य बैंक समूह २७ अंकभन्दा वढिले उक्लिएको छ ।  होटल समूह पनि  ७६ अंकले बढेको छ । बिमा सुचक साढे ३१ अंकले बढेको छ ।

सिद्धार्थ बैंकमा मंगलबार पनि लगानीकर्ता तानिएका छन् । सिद्धार्थको २५ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ । बैंकको कुल एक लाख ८१ हजार ७१५ कित्ता सेयर किनबेच भएको छ । एनबी बैंकको पनि १३ करोड ४५ लाख रुपैयाँको किनबेच भएको छ । तेस्रोमा नेपाल बैंकको नौं करोड ९६ लाख र चौथो ठूलो कारोबार हुनेमा प्राइम बैंकको ९ करोड ५७ लाख रुपैयाँ छ ।   तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ विकास, गुहेश्वरी मर्चेन्ट र एनएमबी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतकै हाराहारीमा २८ कम्पनीको सेयर मूल्य बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया