सेयरले बनाउला दामाशाही ?

दुर्गाप्रसाद काफले
सक्रिय लगानीकर्ता एवं विश्लेषक

नेपालको पूँजीबजार अत्यन्त सानो बजार हो । जुन नेपालको राजधानी काठमाण्डौको चक्रपथभित्र मात्र सिमित देखिन्छ । फेरी हाम्रो पूँजीबजारमा केही सिमित व्यक्तिको मात्र पहूँच छ । केही भएका साना लगानीकर्ता लहै लहैमा, मिडियाबाजीको आधारमा र साथीभाइले भनेको सुनेको भरमा लागेका देखिन्छन् । धन्न अरुलाई पँुजीबजारको कुनै ज्ञान तथा अनुभव छैन ।
हाम्रो पँुजीबजारमा बुझेर लाग्ने भन्दा लहै लहैमा लाग्ने लगानीकर्ताहरु धेरै छन । जसलाई लिष्टेड कम्पनीको फाइनान्सीयल स्टेटमेन्टको बारेमा कुनै ज्ञान नै छैन । मात्र हल्लामा दर्गुने, हावामा सेयर किन्ने र डुब्ने ।
नेपालको पुँजीबजारमा एउटा यस्तो संस्कार बस्यो । जहाँ बजार बढछ मात्र भन्ने परिपाटी चल्यो । आज नी बढछ, भोली पनि बढछ, पर्सि पनि बढछ जे गरेर भएपनि बढछ, जसरी पनि बढछ, मिडियाबाजी गरेर, मन्त्री भेटेर, नयाँ हावा न्युज चलाएर । यस्तो संस्कार बस्यो की घट्छ भन्नै हुन्न, घट्छ भन्यो भने मिडियाकै प्रयोग गरेर भएपनि व्यापक आलोचना गरिन्छ । फेरी नेपालका मिडिया केही व्यक्ति विशेषका कुरामा पनि चल्छन । जो ठुलो लगानीकर्ता हुन् । जसको सेबोन, राष्ट बैक, सेयर दलाल, विमा समिति र नेप्सेसँग व्यापक पक्कड छ । यो तहका मान्छेको दबाबमा सेवोन, राष्ट बैक लगायतले काम गर्छन । थोरै समुहमा धितोपत्र बोर्डका कर्मचारी र राष्ट बैकका कर्मचारी पर्दछन । यो समुहमा तस्कर, कालोबजारी, सेयर माफिया आदी पनि पर्दछन । तसर्थ यो समुहलाइ सबै कुरा थाहा हुन्छ जस्तो की भित्री गोप्य सुचना, लाभाम्संका सुचना, मिडियाका हल्लाहरु । यो समुहले नेपालको पँुजीबजार नै चलाइरहेको छ भन्दा अतियुक्ती नहोला । साना लगानीकर्ताहरुलाई यिनीहरुले फसाइ रहेका छन । durga-k

नेपाली पूँजीबजारका साना लगानीकर्तालाई यतिसम्म कमजोर धन की कालोधन बजारमा लगानी भएको पुष्टी हुँदासम्म कोही बोल्न सक्दैनन । यतिसम्म की न लगानीकर्ता बोल्छ, न मिडिया बोल्छ, न सरकार । अरु निकाय जो बोल्न पर्ने हो उनीहरु नै कालोधनमा खेल्न माहिर देखिन्छन । तसर्थ नेपालको सानो पुँजीबजारमा कालो धनले अत्यन्त प्रभाव पार्दै, कमजोर बनाउँदै साना लगानीकर्तालाई दामाशाही बनाउँदै ठुलाले सानाको दुइ नम्बर पैसा प्रयोग गरेर सानालाई चुस्दै आइरहेका छन ।
तसर्थ साना लगानीकर्ता कालोधन छानवीन हुन नसक्दासम्म बजारबाट सचेत हुन पर्दछ । बच्नु पर्दछ । नत्र यही स्थतिमा यो सेयर बजारले दामाशाही नबनाउला भन्न सकिन्न ।
बजारलाई फुलाएर १८८८ अंकमा पु¥याएर ठुलाले बेचे । साना फसे । अब १००० अंक तिर पुर्याउँछन । फेरी अनि सानाले बेच्छन् ठुलाले किन्छन् । यो खेल, यो कालोधन ब्याप्तले हाम्रो पुजीबजार सदा सर्वदा असर गरिरहन्छ ।
नेपालको पुँजीबजार बलियो र दह्रो बनाउनका लागि कालोधन छानवीन गर्ने, दोषीलाई कार्वाही गर्ने, विओडीलाई कडा नीति ल्याएर सुचना चुहावटमा गर्नबाट रोक्न लगाउने, ब्रोकरलाई देशव्यापी बनाउन लाइसेन्स व्यापक दिने, अनलाइन टे«डिङको व्यवस्था गर्ने, राइट सेयर, एफपिओमा कडाइ गर्ने, क्लीयरीङ बैकिङको काम गर्ने गर्नुपर्दछ । यति मात्रै काम हुन सक्यो भनेपनि नेपालको पुँजीबजारले फड्को मार्छ नै । नेपालको पुँजीबजारमा नेपालको नै रगत र पसिना मात्र लगानी हुन पर्दछ । पंक्तिकारको चहान यत्ति हो ।
( लेखक काफ्लेका विचार विशुद्ध उनका नीजि विचार हुन्–सम्पादक )

प्रकाशित मिति २०७३-९-५

फेसबुकबाट तपाईको प्रतिक्रिया