सेयर कारोबार फेरी बढ्न थाल्यो, बजारमा आज २१ अंकको बृदि
बिजनेसपाटी १४ भदौ ।
आज मंगलबार सेयर बजारमा १ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार सुचक २१.५४ अंकले बढेर १७८८ अंक पुगेको छ ।
आज चिलिमे हाइड्रोपावरको ८ करोड ७८ लाख रुपैयाँको किनबेच भएको छ हने एनबी बैंकको ८ करोड १३ लाख र सिटिजन्स बैंकको ८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा हिमालयन जनरल इन्स्योरेन्सको सात करोड १४ लाख, लुम्बिनी जनरलको ६ करोड १४ लाख र एनएमबी बैंकको पाँच करोड ७७ लाख रुपैयाँको किनबेच भएको छ । आज बैंकिङ २४.३, होटल १२, विकास बैंक साढे १८, जलविद्युत ९०.७१, फाइनान्स ३.७८, बिमा १५.२६, उत्पादनमूलक ७२ र अन्य ३.७६ अंकले बढेका छन् ।
आज ४ कम्पनीको सेयरमा बढेर सर्किट ब्रेकर लागेको छ । युनियन फाइनान्स, ओमी माइक्रोफाइनान्स, सम्मिट माइक्रोफाइनान्स र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
१० प्रतिशत हाराहारीमा साइन रेसुङ्गा, सिन्धु विकास र वोटलर्स नेपाल तराईको सेयर मूल्य वढेको छ । वढि गुमाउनेमा सगरमाथा इन्स्योगरेन्स, हिमालयन जनरललगायतका लगानीकर्ता छन् । यद्यपी यी कम्पनीको मूल्य चार प्रतिशतभन्दा कमैले घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया