सेयर कारोवार तथा नेप्से दुवै खस्कीयो

राजु वस्याल
साताको पहिलो दिन आइतवार सेयर कारोवार तथा नेप्से परिसुचक दुवैमा वृद्धि हुँदा आज दोस्रो दिन भने सेयर कारोवार घट्न गइ अंकमा अघिल्लो दिनको तुलनामा नकारात्मक हुन पुगेको छ । आइतवार नेप्से १५३१.३५ मा पुगेर बन्द हँुदा ०.०८ ले वृद्धि भएको थियो भने आज सोमबार सेयर कारोवार र अंक दुवैमा कमि आउँदा नेप्से १५१४.८८ कायम भएर समग्र परिसुचक १६ प्रतिसतले घट्न पुग्यो । समग्र परिसुचक दोहोरो अंकले घट्दा भने नेप्सेमा सुचीकृत केही संस्थाका सेयर मुल्य भने उच्च अंकले बढ्न गएको छ । सोमबार १३७ कम्पनीको ५६ करोड रुपैयाँ बराबरको कारोबार भयो

एन वी इन्सुरेन्स, समिट माइक्रो फाइनान्स डेभलप्मेन्ट वैक, नमस्ते वित्तिय संस्थाहरुको सेयर आज उच्च अंकमा वृद्धि भयो । पोखरा फाइनान्स, माछापुच्छ्रे वैक, अरुण फाइनान्स संस्थाको सेयर मुल्यमा उच्च ह्रास आएको छ । कारोबारमा आएको संस्थाहरु मध्ये एभरेष्ट बैकको सेयर कारोवारमा उच्च रहन गयो । उक्त बैकको वोनस सेयर सुरक्षित गर्ने समय नजिकिदै गर्दा लगानीको लागि आकर्षण देखियो भने क्रमस वैक अफ काठमाडौ लुम्बिनी, सिद्धार्थ बैकको कारोवार उच्च रहन गयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया