सेयर बजारका अतिवादीहरु चिनौं

नयन बास्तोला
नेपालको सेयर बजार २–४ जना ब्यक्तिको हातमा छ । र, तिनीहरुले नै चलाउँछन् । जे गर्न मन लाग्यो त्यही गर्छन् । यहाँ त सानालाई ठुलाले सिध्याइ दिन्छन् भन्ने जस्ता कुराहरु यत्रतत्र सर्बत्र छन् । जब म सेयर मार्केटमा लाग्दा यी कुरा सुनाउँथे र सुन्थे पनि । अनि सोच्थे ५० वटा ब्रोकर छन् । कसरी खेलाउन सक्छन् ? तर यो कुरा जबसम्म नेपालमा Onlinetrading आउँदैन तबसम्म रहिरहने रहेछ । किन कि ती ठुला भनाउँदाले नै नेप्से देखि धितोपत्र बोर्ड, बिमा समिति, राष्ट्र बैंक, ब्रोकर एसोसिएसन, बैन्किङ एसोसिएसन आदि चलाउँदा रहेछ्न वा त्यसका नेतृत्वहरु दुई पैसामा बिक्दा रहेछन् भन्ने विभिन्न प्रयोगहरुले पुष्टि भैसकेको छ । जब नेस्पेले नयाँ उचाई लिदै थियो । १६०० देखी १६५० को हराहारीमा ती कथित कालोबजारी भ्रस्टाचारी एवं दुई नम्बरी कारोबार गर्नेहरुले सोच्दै नसोची सबै सेयर बिक्री गरे तर मार्केट बड्दै गयो । त्यसपछि तिनिहरुको रुवाबासी सुरु भयो र दुई पैसामा बिक्ने जतिलाई किन्न थाले, किनिनेमा प्राय सबै सेयर बजारसँग सम्बन्धि निकाय, ब्यक्ति, क्षेत्र, मिडियाहरु किने ।
त्यसो गर्दा यस्ता पात्र कसैले फेला पारे जो एउटा कुनामा बसेर मेरो चिलिमे, मेरो चिलिमे भनी बर्बराउँदै थियो । अनि उनिहरुले सोचे अब सामाजिक संजालमा यसैलाई प्रयोग गर्नुपर्छ र उसलाई भिटामिन देखि दुधसम्म खान दिन थाले र भने रातोदिन समाजिक सञ्ंजाललाई दुषित पार्नु र त्यो तथ्त्य बिहिन पुँजिबजारको ज्ञान नभएको र बोल्न पनि नजान्ने, खाली बजार घट्छ, व्यापक घट्छ, उत्तानो नै पर्छ जस्तो एकै खाले पोस्ट गरिनै रहे । अब ती पँुजिबजार मेरो हो भन्ने बिस्तारै सफल हुँदै गए, किनकी उनीहरुले सबैतिर सेटिङ मिलाइ सके । अनि एकैपटक सबैतिरबाट सेयर बजारलाई आक्रमण गरेर अस्वाभाविक तलमाथि गराए । किन कि अहिले नै सेयर बढ्नु थियो भने अस्ति घट्नुको कारण पनि थिएन । रोचक प्रसङ्ग सामाजिक संजाल यस्तो हतियार भएको छ । अहिले सहि प्रयोग गर्नेलाई सहि गलत नै तर मजबुत रोचक प्रसङ्ग सामाजिक संजाल यस्तो हतियार भएको छ । अहिले सहि प्रयोग गर्नेलाई सहि गलत गर्नेलाई गलत नै तर मजबुत हतियार । त्यसैले केहिदिन पहिलासम्म यस्तो पनि सुन्न थालेको थियो । फलानोले जे भन्यो त्यँही पुग्छ उसलाई त भगवान नै मान्नुपर्छ । फेसबुकमा म पनि खोजी गर्छु । तर त्यसो भनेको केही दिनबाट मार्केट फर्कियो । यसरी फर्कियो जसरी घटाएका थिए । अब उनिहरुले न सेयर किन्न नै पाए । यति भन्न चाहिँ पाएर भनी रहेका छन् । थुक्क अलछिना, पापी तहिँले हामीलाई गरिखान दिनस तलाइ (((((((( हातले के–के गरिरहेको देख्न पाइन्छ । हो यस्ता अतिवाद तत्व फेरि आफ्नु स्वरुप बदले र बर्बराउन थालिसके । अब मार्केट ५००० र ४००० पुग्छ यो पनि अतिवाद नै हो । जो अब मार्केट् १००० र ८००० मा आउँछ भन्थे ।
अर्को अतिवाद आर्थिक अनलाईनहरुमा छन् । सबै त छैन् । तर अतिवाद हावी भएकाहरुले यसरी समाचार सम्प्रेषण गर्छन् त्यसमा कुनै पत्रकारिताको परिभाषा नै हुन्न । १० कित्ता सेयर किन्यो अब मार्केट यसरी बड्छ भन्छन् अनि उसले फेरि बेच्छ, अनि २ र ४ अंक सेयर घट्दा सेयर बजारमा पहिरो भनी बीग न्युज बनाउँछन् । कोही त हात धुएरै कुनै कम्पनीको र त्यसको नेतृत्वको बेइज्जत गर्न लागी परेको देखिन्छ । यी सबै नेपालको पँुजिबजारका अतिबादहरु हुन । यस्ता अतिवादको पछि नलागी पँुजिबजार के कसरी घट्छ र कसरी बढ्छ भनी सामान्य जानकारीसम्म राख्न सकियो भने पनि केही सहयोग त हुन्छ । पँुजिबजार भनेको देशको मेरुदण्ड हो । जब त्यो मेरुदण्डलाई राम्ररी संचालन गर्न त देशका सबै अबयबहरु चलायमान हुनुपर्यो । हो, अब देशका अबयबहरु चलायमान हुदैछ्न त ? यी कुरा हरु बुझ्नुपर्ने हुन्छ । निम्न कुराहरुले बुझ्न् सकिन्छ कि देशको आर्थिक अवस्था कता जाँदैछ ।
१ ) १९ बर्षपछि स्थानीय चुनाब हँुदैछ, यसले दुरदराज, गाउँ–गाउँमा बिकासको बाटो खोल्छ ।
२ सिंहदरबार केन्द्रित बिकास योजनाहरु गाउँ वडा स्तर केन्द्रीय हुदैछ्न ।
३ ) देशना संघीयता लागू हुँदैछ, त्यसले प्रदेश प्रदेशको बिकासमा प्रतिस्पर्धा गराउँछ र बिकास हुन्छ ।
४) स्थानीय चुनाव हुनु भनेको प्रान्तीय र केन्द्रको चुनाव सुनिश्चित हुनु हो ।
माथी उल्लेखित कुराहरुले देशको अर्थतन्त्रका अवयबहरु चलायमान हुनेछन् भन्ने कुरा अन्र्तराष्टिय मुद्रा कोष तथा वल्र्ड बैकले गरेको यो बर्षको आर्थिक प्रक्षेपणले नै पुष्टि गर्छ । त्यस्तै सेयरबजार बिकासको लागि हुदै गरेका कामहरु ः
१) आस्वा प्रणाली छिट्टै अनिवार्य हुँदै छ
२) ४१ वटा -RWS _ब्रोकरहरु देशका विभिन्न ठुला शहरहरुमा सन्चालनमा आउँदै छ्न । त्यसैगरि onlinetrading पनि चाँडै सुरु नगरी धरै छैन नेप्सेलाई ।
३) गैरआबासिय नेपालीहरुको सेयर बजारमा प्रवेश
४) रियल सेक्टर देखि ठुला–ठुला हाइड्रोपावर कम्पनीहरु आउदैछ्न
५ ) दूरसन्चार प्रदायक कम्पनीहरुलाई पनि अनिवार्य IPO गर्नुपर्ने नियम बनेको छ । अर्को महत्वपूर्ण कुरा नेस्सेको नेतृत्व छिट्टै परिबर्तन हुदैछ
६) संचालित सबै इन्स्योरेन्स कम्पनी ले IPO गर्नुपर्ने र नयाँ इन्स्योरेन्स कम्पनी खोल्न दिने निर्णय बिमा समितिले गरेको छ । यी यस्ता कुराहरुले सेयरबजारलाई चलायमान बन्न सहयोग गर्छ । अब कुनैपनि अतिवादको पछि नलागी आफ्नु क्षमता अनुसारको निर्णय गर्नु लगानिकर्ताको फलदायी छ ।(सेयर बजारका लगानीकर्ता वास्तोलाको नीजि विचार हुन् )
प्रकाशित मिति २०७३-१२-२१

फेसबुकबाट तपाईको प्रतिक्रिया