सेयर बजारको हालत उस्तै, यो साता पौने दुई अर्ब पनि पुगेन कारोबार
काठमाडौँ १३ माघ
यो साता सुरुको ३ दिन ओरालो लागेपनि अन्तिम दुई दिन सेयर बजार बढेर १४०४.५३ अंकमा बन्द भएको छ । यो साताभरमा सेयर बजार समग्र रुपमा भन्दा १.९९ अंकले मात्रै घटेको छ ।
आइतबारदेखि बुधबारसम्म कारोबार रकम पनि घटेको छ भने विहीबार सामान्य रुपमा बढेको छ । यो साता नेप्सेमा १७७ कम्पनीको शेयर किनबेच भयो। आइतबारको ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको सेयर बजारमा सोमबार, मंगलबार र बुधबार क्रमशः ३६ करोड, ३२ करोड र २६ करोडको कारोबार भएकोमा विहीबार २८ करोडमाथिको सेयर कारोबार भएको छ ।
यसरी समग्रमा साताभरमा एक अर्ब ७३ करोड ९० लाख १४ हजार दुई सय ५३ रुपैयाँको कारोबार भएको छ । गत साता तीन दिनमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार तीन सय ७५ रुपैयाँको कारोबार भएको थियो ।
यो साता सानिमा माई हाइड्रो, ग्लोबल आईएमई बैंक प्रोमोटर लगायतको धेरै कारोबार भएको छ । विशाल बजारमा सेयरधनीले पनि यो साता कमाएका छन् भने गुहेश्वरी फाइनान्स, कालिका माइक्रोक्रेडिट, एभरेष्ट इन्स्योरेन्स, रिडी हाइड्रो लगायतका सेयरधनीले गुमाएका छन् ।
यो साता सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर र ओम डेभलपमेन्ट बैंकको हकप्रद सूचीकृत भएका छन् । ती कम्पनीका शेयर आउँदो साताबाट कारोबारमा आउने छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया