सेयर बजारमा सुधार
बिजनेसपाटी ६ भाद्र ।
सेयर बजार आज साढे २ अंकले बढेको छ । आज दिनभरीमा १६१ कम्पनीका ७२ करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्रि भएको छ ।
कारोबारमा आएका मध्ये सबैभन्दा बढि जलविद्युत ११ र अन्य साढे ७ अंकले बढेकोमा आज हिमालयन पावर पार्टनर कम्पनीको ४ करोड ७९ लाख र नेपाल बैंक ४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयनको सेयर मूल्य पनि सबैभन्दा उच्च दरले बढिले बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया