सेयर बजारमा एनबी बैंकको मात्रै १४ करोडको किनबेच, हर्नुस कसले कति कमाए ?

बिजनेसपाटी सम्बाददाता
काठमाडौं  २७ जेष्ठ ।
 बुधबार नेप्से परिसूचक फेरि १५५० नजिक पुगेको छ ।  सोमबार घटेको सेयर बजार मंगलबार र बुधबार बढेर फेरि १५४६ अंकमा पुगेको हो ।  सेयर बजार बढाउन ७  कम्पनीको भूमीका मुख्य रह्यो । खासगरी   बुधबार नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, वमी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स,ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिसत बराबर  बढ्यो । त्यो बाहेक  ३  वटा कम्पनीको सेयर मूल्य करिब ७  प्रतिसत माथि उक्लियो ।
 बुधबार कारोबार रकम पनि  आज केही बढी एक अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा बंगलादेश बैंकको सेयर कारोबारले प्रमुख भूमिका निर्वाह गरेको छ । यो बैंकको मात्रै १४ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भयो । बंगलादेश बैंकले हकप्रद दिने हल्ला चलेपछि बजार तातेको हो ।
  बुधबार नेपाल लाइफ इन्स्योरेन्सको  १३ करोड नौ लाख रुपैयाँको सेयर किनबेच भयो भने  हिमालयन जनरल इन्स्योरेन्सको १२ करोड रुपैयाँको सेयर किनबेच भयो । आज बजारलाई बीमा समूहको निकै ठूलो भरथेग देखिएको छ ।   बुधबारपनि  बीमा समूहको सूचक ३८७ अंकले बढ्यो । यो समूहको सूचक ८०५८ अंकमा पुगिसकेको छ । बीमा पछि उत्पादनमुलक समूह, विकास बैंक, जलविद्यूत र बैंकिङ समूहको सूचक बढेका छन् । एभरेष्ट बैंकको कन्भर्टिवल सेयर, प्यासिफिक डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य  बुधबार केही घटेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया