सेयर बजारमा आज नयाँ किर्तिमान, दुइ अर्बको कारोबार

बिजनेसपाटि सम्बाददाता
काठमाडौं ३० जेष्ठ ।
आइतबार नेप्सेमा बाणिज्य बैंकले उचाल ल्याएको छ। गत बिहिबार बिमामा उछाल आउँदा १९.१० अंकले बढेको नेप्से आज बिहिबार भने ३१.२५ अंकले बढेर कीर्तिमानी १५९७.९६ को उचाइमा पुगेको छ। आज बजारले कारोबार अवधिमा भने १६०० अंकलाई नाघेको थियो ।

एनबी बैंकले १० सेयर हुनेलाई ८ हकप्रद सेयर दिने घोषणा गरेसँगै ३५ करोड ५८ लाख रुपैयाँको किनबेच भएको छ । बिहिबार दिनभरीमा बैंकको चार लाख ६ हजार १११ कित्ता किनबेच भएको हो । एभरेष्ट बैंकको १० करोड ९८ लाख र चार्टर्डको ८ करोड २४ लाख रुपैयाँको किनबेच भएको छ । चार्टर्डको मूल्य १० प्रतिशतले बढेको छ ।

एनबीसँगै चार्टर्ड र एभरेष्टमा लगानीकर्ताहरुको ओइरो लागेको हो । लगानीकर्ताहरु मौद्रिक नीतिमा केही राम्रा कार्यक्रम आउने अपेक्षामा छन् । बैंकहरु चम्किँदा सुचक ४७.४७ अंकले उक्लिएको छ । जलविद्युत वाहेक सबै हरियो छन् ।

बजारमा १० प्रतिशत हाराहारीमा सिन्धु विकास, एनआइडिसी क्यापिटल, नेपाल इन्स्योरेन्स, ओम डेभलपमेन्ट र सगरमाथा इन्स्योरेन्सले १० प्रतिशत हाराहारीमा कमाएका छन् । बजारमा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया