सेयर बजारमा आज पनि नयाँ रेकर्ड (हेर्नुस कसले कति कमाए)

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ ३१ जेठ

सोमबार बजार  नेप्से दोहोरो अंकले बढेको छ । नेप्से  १०.९५ अंकले उकालो लागी १६०८.९१ को उचाइमा पुगेको छ। आज सोमबार कारोबारमा आएका समुहगत सूचकमा बैंकिङ , होटेल, डेभलपमेन्ट बैंक, हाइड्रो बढेका छन् भने विमा लगायत् अन्य इन्दिकेडर भने ओरालो लागेका छन। नेप्सेलाई बढाउन टेवा पुर्याएको बाणिज्य बैंक समूह १४.०६ अंकले बढेको छ भने विमा समूहको सूचक ५४.६१ अंकले ओरालो लागेको छ।

आज जम्मा १३९ कम्पनीका १९ लाख २२ हजार ९ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ६७ करोड ५६ लाख २० हजार ५ सय ८२ रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी एभरेष्ट बैंकको १४ करोड बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, फर्स्ट माइक्रोफ़ाइनान्स, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल बैंक रहेका छन।

आज कमाउनेमा रुरल माइक्रोफ़ाइनान्स, ओम डेभलपमेन्ट बैंक, फर्स्ट माइक्रोफाइनान्स, आइएलएफसीओ माइक्रोफाइनान्स, स्वोरोजगार लघुवित्तका लगानीकर्ता रहेका छन्। गुमाउनेमा कन्चन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एभरेष्ट इन्सुरेन्सका लगानीकर्ता रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया