सेयर बजारमा आज सामान्य गिरावट

विजनेशपाटी २७ श्रावण

नेप्से आज थोरै ओरालो लागेर बजार बन्द भएको छ । आज बिहिबार बढेर १७८८।८५ को उचाइमा पुगेको नेप्से सूचक ४।७० अंकले घटी १७७४।८७ को बिन्दुमा रोकिएको छ।  अघिल्लो दिनको तुलनामा बजारमा कारोबार रकममा गिरावट आएको छ। बिहिबार १४७ कम्पनीका ३५ लाख ४४ हजार शेयर खरिद बिक्रिबाट झन्डै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बिहिबार  बढी कारोबार हुनेमा ३ अर्ब भन्दा बढी नाफा कमाउन सफल नेपाल बैंक अगाडी रहेको छ। प्रति कित्ता २ रुपैयाँले बढेको नेपाल बैंकको शेयर बिहिबार मात्र १३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, शिखर इन्सुरेन्स संस्स्थापक शेयर, टुरिजम डेभलपमेन्ट बैंक, जनता बैंक, सिद्दार्थ बैंक रहेका छन।  त्यस्तै बिहिबारको कारोबारमा कमाउनेमा माउन्ट मकालु विकास बैंक, राष्ट्रिय विमा कम्पनी, एनआइडीसी क्यापिटल मार्केट, हाम्रो विकास बैंकका लगानीकर्ता रहेका छन। गुमाउनेमा फर्स्ट माइक्रोफाइनान्स, ललितपुर फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्सका लगानीकर्ता रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया