सेयर बजारमा आज ४० अंकको बृदि, २ अर्ब २४ करोडको कारोबार

बिजनेसपाटी  १० श्रावण ।

सेयर बजारमा आज २२४ करोड रुपैयाँको कारोबार भएको छ । ४  घन्टाको आजको कारोबारमा १४७ कम्पनीको ४७ लाख ४० हजार ९७२ कित्ता सेयर किनबेच भएको छ  भने  बजार ३९.६६ अंकको बृद्धिसँगै १८३८.४९ अंकमा पुगेको रोकिएको छ ।

खासगरी आजको कारोबारमा जलविद्युत वाहेक सबै सुचक हरियो हुँदा बजारले नयाँ इतिहास रचेको छ ।   आज जलविद्युत १२.२ अंकले ओर्लिएको हो ।  तर अधिकांस सुचक दोहोरो अंकले हरियो भएका छन् । आजको बजारमा उत्पादनमूलक कम्पनीमा ३.२१ र अन्यमा ९ अंकको बृद्धि रहिको छ । आज  बैंकिङ समूह ४२ अंक, होटल ४३ अंक, विकास बैंक ८१.८५ अंकले उक्लिएका छन् भने  फाइनान्स समूह २१, बिमा ८४ अंकले बढेको छ । आज सबैभन्दा वढि किनबेच हुने सेयरको सुचीमा बाणिज्य बैंक छन् ।

आज सोमबार शिखर इन्स्योरेन्सको ५  करोड ७२ लाख र प्रिमियर इन्स्योरेन्सको ६ करोड २८ लाखको सेयर कारोबार भएको छ ।   सबैभन्दा वढि मूल्यको सिद्धार्थ बैंकको किनबेच भएको छ । बैंकको १९ करोड ३६ लाख रुपैयाँको एक लाख ५१ हजार ८८० कित्ता सेयर किनबेच भएको छ । प्राइम बैंकको १० करोड ६५ लाख, एनबी बैंकको १० करोड नौं लाख रुपैयाँको किनबेच भएको छ ।   २४ कम्पनीले ९  प्रतिशत भन्दा माथि कमाएका छन् भने  ३ कम्पनीको सम्पति १० प्रतिशतले बढेको छ । देव विकास, नागवेली लघुवित्त र सेती फाइनान्सका लगानीकर्ताले  १० प्रतिशतले सम्पति वढाएका छन् ।   आजको बजार करिव ४० अंकले वढ्दासमेत पौने ८ प्रतिशतले किसान माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज सोमबार को कारोबारमा अधिकांस माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ । आजको कारोबारमा राजनितीको प्रभाव उतिसारो परेन

फेसबुकबाट तपाईको प्रतिक्रिया