सेयर बजारमा आशा, सातामा १ सय ३१ अंक बढ्यो नेप्से

काठमाडौं १८ मंसिर, ।

केहि महिना यता लगातार ओरालो लागिको नेप्से यो साता भने बढेर १६ सय अंकमा आइपुगेर लगानीकर्तामा आशा जागेको  छ । गत आइतबार १४ सय नेप्से परिसूचक ६९ अंकमा  कायम थियो भने  बिहिबार यो  बढेर १६ सय अंकमा आइपुगेको छ ।

नेप्सेमा यस साता १ सय ५२ कम्पनीहरुको कारोबार भएको छ । ति कम्पनीको ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर ३७ हजार ४ सय ३६ पटक किनबेच हुँदा ५  अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । जो  अघिलो साताको तुलनमा १५.०२ प्रतिशतले बढी हो ।

गत साता १ सय ५२ कम्पनीहरुको ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु ३१ हजार ३ सय ३६ पटक किनबेच हुँदा ५ अर्ब सात करोड सात लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकमको आधारमा यो साता एभरेस्ट बैंक लिमिटेड, सेयर संख्याको आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छन्  ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया