सेयर बजारमा दोहोरो अंकको उतारचढाव

बिजनेसपाटी ५ भदौ

नेप्से आज  दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार सेयरको किनबेच पनि निकै घटेको छ ।  आज  बजार १२.६३ अंक झरेकर बन्द भएको छ ।  आज आइतबार १४२ कम्पनीका जम्मा ६८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम औषतभन्दा आधा कम हो । सरकार परिवर्तन यता कारोबार रकममा गिरावट आउन थालेको हो ।

आज होटलवाहेकका  सबै सुचक नकारात्मक देखिएका छन् । कारोबारमा आएका बैंकिड् साढे १०, विकास बैंक १४, जलविद्युत ३९, फाइनान्स साढे १३, बिमा ८१, उत्पादनमूलक साढे ३२ र अन्य साढे ४  अंकले झरेको छ । होटल भने साढे ६४ अंकले उक्लिएको छ ।  आज  हिमालयन इन्स्योरेन्सको सबैभन्दा वढी ६ करोड सात लाखको खरीद बिक्री भएको हो ।

एनबी बैंकको ५ करोड १७ लाख र एभरेष्ट बैंकको तीन करोड २१ लाखको कारोबार भएको छ ।  आजको कारोबारमा  वढि गुमाउनेमा मिथिला लघुवित्तका लगानीकर्ता छन् । यसको सेयर मूल्य १० प्रतिशत हाराहारीले झरेको छ ।  हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बै्क भने १० प्रतिशत हाराहारी कमाउनेमा  छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया