सेयर बजारमा दोहोरो अंकको बृद्धिसहित अर्ब माथि कारोबार

काठमाडौं २५ जेस्ठ ।

आज मंगलबार बजारले १४.६९ अंकको छलाङ हानेको छ । सुरुदेखि नै आक्रमक देखिएको बजार २० अंकभन्दा वढिले उक्लिएको थियो । होटल र जलविद्युत रातो तथा उत्पादनमूल स्थिर देखिएको बजारमा बाँकी सबै उपसुचक हरियो छन् । बिमा ८८.९३ अंक र बैंक १६.९७ अंकले उक्लिएका छन् । विकास बैंक पनि दोहोरो अंकले बढेको छ ।
अन्य सुचक करिव ६ र फाइनान्स पाँच अंकले चढेका छन् । बजारमा १३३ कम्पनीका सेयर किनबेच भएका छन् । दिनभरीमा एक अर्ब १४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कुल कारोबारमध्ये एनबी बैंकको मात्र २८ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनबीको तीन लाख ६८ हजार ९५५ कित्ता सेयर ९३१ पटक किनबेच भएको छ । ७.५८ प्रतिशतले बढेर बैंकको एक कित्ता सेयरको मूल्य ७९८ रुपैयाँ पुगेको छ ।
सानिमा बैंकको पनि १० करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयको छ भने करिव ६ प्रतिशतले बढेर बै‌कको एक लाख ५४ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया