सेयर बजारमा फेरी भएंकर गिरावोट

काठमाडौं ९ अशोज
साताको पहिलो दिन आइतबार सेयर बजार ३६.२७ अंकले ओर्लिएको छ । सेयर बजार १७३०.६४ अंकमा आइपुगेको छ ।
आइतबार दिनभरीमा १३७ कम्पनीको सेयर कारोबार भएको छ भने सबै उपसुचकहरु रातो भएका छन् । सबैभन्दा वढि बैंकिङ सेक्टर २४८ अंकले झरेको छ । आज बाणिज्य बैंक समूह २८.४९ अंक, विकास बैंक ५६,फाइनान्स १४, होटल ६२, जलविद्युत ५७, उत्पादनमूक ४० र अन्य ११ अंक हाराहारीले झरेको छ ।

बजार घट्दा पनि एभरेष्ट बैंकको सेयर कारोबार र मूल्य दुबै बढेको छ । बैंकको सेयर मूल्य ९० रुपैयाँ बढेको छ । एभरेष्ट बैंकको आज ११ करोड ६८ लाख रुपैयाँको किनबेच भएको छ । कृषि विकास बैंकको पनि ११ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच आज भएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया