सेयर बजार आज पनि ओरालो, इन्स्युरेन्सको सूचक सबै भन्दा बढी अंकले घट्यो

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २१ असार

आज  मंगलबार पनि नेप्से ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा  आज कारोबार पनि घटेको छ । आज हाइड्रोपावर र उत्पादन समुह बाहेक सबै सूचक घटेका छन्  । मंगलबार इन्स्युरेन्सको सूचक सबै भन्दा बढी ७५.५१ अंकले घटेको छ ।

आजको  कारोबारमा १३९ कम्पनीका झन्डै १९ लाख बढी शेयर खरिद बिक्रिबाट १ अर्ब २९   करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबै भन्दा धेरै राष्ट्रिय बिमा कम्पनी लिमिटेडको   ६  करोड  बढीको कारोबार भएको छ।

अन्य बढी कारोबार हुने कम्पनीहरुमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडएभरेस्ट बैंक लिमिटेड, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड, लुम्बिनी जेनरल इन्स्युरेन्स , नबिल बैंकको संस्थापक शेयर रहेका छन् ।

सोमबारको कारोबारमा कमाउनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड , बोटलर्स नेपाल (तराई) लिमिटेड, अल्पाइन डेभलपमेन्ट  बैंक, साझा विकास बैंक लिमिटेड, नमस्ते वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन्। त्यस्तै गुमाउनेमा  कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, , फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट , निर्धन उत्थान बैंक, सगरमाथा इन्स्टिच्युट कम्पनी , रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ता  रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया